सेयर बजारमा उछाल, साढे २२ अंकले बढ्यो नेप्से सुचक



काठमाडौं । सेयर बजारमा दोहोरो अंंकको सुधार आएको छ । लामो समयदेखि ओरालो लागेको सेयर बजारमा मंगलबार एकाएक दोहोरो अंकको सुधार देखिएको हो ।

यो दिन नेप्से सूचक २२.४४ अंकले बढेर एक हजार १२४.९६ विन्दुमा आइपुगेको छ । ठूला कम्पनीको कारोबार मापनगर्ने सेन्सेटिभ इन्डेक्स ४.५५ अंकले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । यो दिन १६७ कम्पनीको साल लाख १४ हजार ८७६ कित्ता सेयर २१ करोड ४५ लाख ८८ हजार ६१९ रुपैयाँको सरेयर किनबेच भएको छ ।

१० उपसमूहको कारोबारमा सबै उप समूहको सेयर मूल्य बडेको छ । सबै भन्दा बडी जीवन बिमा समूहको सूचक २५१.७३ अंकले बढेको छ । त्यस्तै निर्जीवन बीमा १५३.९३, माइmक्रोफाइनान्स ४१.७३, होटेल २३.०५, जलविद्युत २७.०५, विकास बैंक २१.१६, बैंकिङ उपसमूहको १४.६९ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर अगाडी रहेको परको १ करोड २७ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भउको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र नेपाल बैंक परेका छन् ।

यो दिनको कारोबारमा सबै बढी कमाउनेमा चौतारी लघुवित्त, कालिका लघुवित्त, नयाँ नेपाल लघुवित्त समूहका लगानीकर्ता रहेका छन् । यस्तै गुमाउनेमा वल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्स, खानीखोला हाइड्रोपावर, आँखुखोला लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु