कर्जाको ब्याजदर घटाउन महासंघले उठाएको माग पुराः अध्यक्ष राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याजदर घटाउनको लागि आफुहरुले उठाएको माग पुरा भएको बताएकी छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत ब्याजदर घटाउनको लागि आवश्यक नीतिगत पहल गरेर यसको सुरुवात गरेको प्रतिक्रिया राणाले दिइन् ।

‘दीर्घकालिन परियोजनामा स्थिर ब्याजदर राख्ने विषय स्वागतयोग्य छ,उत्पादन मुलक कर्जाको स्थिर ब्याजदरले जलविद्युत्,होटल लगायत दीर्घकालिन परियोजनाको लागि सहुलियत हुन्छ,’राणाले मौद्रिक नीतिको प्रतिक्रिया दिदै क्लिकमाण्डूसँग भनिन् ।

ब्याजदर घटाउनको लागि ब्याजदर अन्तरको गणना परिवर्तन गर्ने सेवा शुल्कमा पुनरमूल्यांकन गर्ने जस्ता विषय उद्योगीले उठाएको कुरा सम्बोधन भएको राणाको भनाई छ ।

यस्तै उनले वाणिज्य बैंकहरुले कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनमूलक उद्योगमा प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्दा सम्बन्धित बैंकको आधार दरमा थप गरिने प्रिमियमलाई केन्द्रीय बैंकले तोके अनुसार व्यवस्थाले ब्याजदरमा सहुलियत दिएको बताइन् ।

‘कर्जाको ब्याजदर तोक्ने पक्षमा महासंघ आधिकारिक रुपमा कहिल्लै पनि थिएन, केही साथीहरुको व्यक्तिगत मात्र माग भएको र ब्याजदर घटाउनको लागि राष्ट्र बैंकको मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत लिएको नीतिगत व्यवस्थाले सहुलियत दिएको छ,’राणाले भनिन् ।

उनले पुनरकर्जाको ३५ अर्बबाट ५० अर्ब पुर्याउने र दीर्घकालिन रुपमा ब्याजदर घटाउने तर्फ मौद्रिक नीतिको मध्यावधी समिक्षा केन्द्रीत भएको बताइन् ।


क्लिकमान्डु