उत्पादनशील उद्यम गर्न चाहने ऋणीलाई राष्ट्र बैंकको बम्पर उपहार



काठमाडौं । उत्पादनशील उद्यम गर्ने व्यवसाहीहरुलाई राष्ट्र बैंकले पम्पर उपहार दिएको छ । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनका लागि चर्को आन्दोलन गरिरहेका बेला राष्ट्र बैंकले ऋणको ब्याजदर घटाउने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो ।

सोमबार राति ९ बजे चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

अब बैंकहरुले राष्ट्र बैंकबाट पुर्नकर्जा लिएर उत्पादनसिल क्षेत्रमा प्रदान गर्ने व्याजर १ प्रतिशतले घटाउनु पर्ने भएको छ । यस अघि ४ प्रतिशतमा पुर्नकर्जा लिँदै ९ प्रतिशत व्याजदरममा ऋण दिने पाउने व्यवस्थालाई परिर्वतन गर्दै राष्ट्र बैंकले ८ प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण दिने नपाउने व्यवस्था गरेको हो ।

वाणिज्य बैंकहरुले कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनमूलक उद्योगमा प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्दा सम्बन्धित बैंकको आधार दरमा थप गरिने प्रिमियमलाई राष्ट्र बैंकले तोकेको प्रतिशतसम्म मात्र हुने व्यवस्था गर्ने जनाएको छ ।

त्यसैगरी, निश्चित रकम भन्दा माथिको दीर्घकालीन परियोजना कर्जामा ऋणीसँगको सहमतिमा तोकिएको अवधिका लागि ब्याजदर स्थिर गर्न सकिने व्यवस्था मिलाइनेछ राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले पुनरकर्जाको सीमा पनि बढाएको छ । बैंकहरुले राष्ट्र बैंकबाट पुनरकर्जा लिएर उत्पादनशील क्षेत्रमा प्रबाह गर्न पाउने रकम ५० अर्ब रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाले उत्पादनशील उद्यम गर्न चाहनेहरुका लागि कर्जामा राम्रो सहुलियत दिएको छ ।


पुष्प दुलाल