तीन वर्ष यताकै न्यून बिन्दुमा नेप्से, लगानीकर्ताको मनोबल खस्कियो



काठमाडौं । सेयर बजारमा ३८ महिना यता कै न्यून बिन्दुमा झरेको छ । लगातार ओरालो लागेको सेयर बजार सन् २०१५ नोभेम्बर १८ मा एक हजार ९९.२५ बिन्दुमा पुगेको थियो ।

आज सोमबार बजार झण्डै त्यसको हाराहारीमा अर्थात एक हजार १०२.५१ बिन्दुमा रोकिएको छ । सेयर बजार निरन्तर ओरालो लागेपनि यतिबेला लगानीकर्ताको मनोबल खस्किन थालेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स ७.२१ अंकले घटेको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८० बिन्दुले घटेर २३४.३६ बिन्दुमा रोकिएको छ । १६१ कम्पनीको ८ लाख ७६ हजार २०८ कित्ता सेयर २३ करोड ४५ लाख ९४ हजार ३८१ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन दश वटा उप समूहको कारोबार हुँदा होटल र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा सुधार आएको छ भने बाँकी सबै उपसमूहमा गिरावट आएको छ । कारोबारमा बैंकिङ उपसमूह ८.३, ब्यापार ४.७३, विकास बैंक ११.२४, जलविद्युत १२.५३, वित्त ०.३६, निर्जीवन बीमा १२.८८, अन्य ९.६४, माइक्रोफाइनान्स ६.७४ र जीवन बीमा १९.०८ बिन्दुले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा सबै भन्दा बढी नबिल बैंकको संस्थापक अग्रस्थानमा देखिएको छ । नबिलको संस्थापकको दुई करोड ४३ लाख ९२ हजार ५६४ रुपैयाँ, नबिल बैंकको दुई करोड ३३ लाख ६३ हजार २१२ रुपैयाँ, अप्पर तामोकोशीको १ करोड १४ लाख ९२ हजार १४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन चौतारी लघुवित्त वित्तीय संस्था,हिमालयन डिस्ट्रीलरीका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, घलेम्दी हाइड्रोपावर, नयाँ नेपाल लघुवित्तका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु