बाफिया संसोधन गरेर बैकिङ क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गभर्नरको घोषणा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन(बाफिया) संसोधन गरेर बैकिङ क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउने बताएका छन् ।
नेशनल बैंकिङ इन्स्टिच्यूट(एनबिआई)ले आयोजना गरेको वाकथुन कार्यक्रममा नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अघि बढेको छ भन्ने जानकारी गराउन पनि बाफिया संशोधनको प्रक्रिया अगाडि बढेको बताए ।
उनले नेपालको बैंकिङ क्षेत्र राम्रो बनाउनका लागि बैंकमा कार्यरत सबै कर्मचारीलाई दक्ष बनाउन आवश्यक रहेको जानकारी गराए । कुनैपनि देशको आर्थिक अवस्था थाहा पाउने माध्यम बैंकिङ क्षेत्र रहेको भन्दै बैंकिङ क्षेत्रलाई हेरेर त्यो देशको अवस्थामा बारेमा थाहा पाउन सकिने बताए ।
बैंकिङ क्षेत्र विश्वासीलो क्षेत्र भएको भन्दै सबैले बैंकिङ क्षेत्रको रिपोर्टलाई हेरेर विश्व बैंक, एडिबी र आईएमफले नेपालको भविश्यको आर्थिक स्थिती यसरी अघि बढछ भनेर धारणा बनाउने गभर्नर नेपालले बताए ।
विगत १० वर्षदेखि दक्ष जनशक्ति निर्माण गर्नका लागि एनबिआईले दिएको योगदान महत्वपूर्ण रहेको बताए । उनले कर्मचारी दक्ष भएको खण्डमा बैंकिङ क्षेत्र राम्रो हुने धारणा राखे ।
गभर्नर नेपालले बैंकिङ क्षेत्र धरासायी बनेको खण्डका त्यसलाई राष्ट्र बैंकले लिनेर त्यसलाई राम्रो बनाएर पुन सञ्चालन समितिलाई नै हस्तान्तरण गर्ने बताए । बैंकमा काम गर्ने कर्मचारी इमान्दारी र नैतिकवान हुनुपर्ने धारणा राखे ।