गभर्नरले भने- केही समय पख्नोस्, सेयर बजारमा बहार आउँछ



काठमाडौं । सेयर बजार लगातार घटेर लगानीकर्ताहरु अत्तालिएका बेला राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले केही समयपछि सेयर बजारमा बहार आउने बताएका छन् ।

नेपाल कानूनी सुधारको प्रक्रियामा रहेकाले कानूनी सुधार भइसकेपछि पुँजी बजारमा बहार आउने गभर्नरले बताए ।

‘विदेशी लगानी भित्र्याउन कानूनी सुधार भइरहेको छ, कानूनी सुधारपछि विदेशी लगानी भित्रिन्छ । र, जसले अर्थतन्त्रमा ठूलो सुधार ल्याउँछ, अर्थतन्त्र सुध्रिएपछि पुँजी बजारमा बहार आउँछ,’ एसोशिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको शुभारम्भ गर्दै डा. नेपालले भने ।

उनले मुलुक आर्थिक विकासको दिशामा अघि बढिसकेको जीकीर गरे । त्यसैगरी, वित्तीय क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरी कानून ल्याउने तयारी भइरहेको गभर्नरको भनाई थियो ।


पुष्प दुलाल