ब्याजदर घटाउन प्रधानमन्त्री ओली नै कस्सिए, शनिबार उद्योगीसँग वार्ता
काठमाडौं । बैंकको ब्याजदर बढी भएको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा छन् । बिराटनगरबाट सुरु भएको उद्योगी व्यवसायीको आन्दोलन देशभर फैलिएको छ ।
ब्याजदरको विषयमा उद्योगी र व्यापारीले अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालसँग समेत छलफल गरिसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले केही दिन अगाडि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई ब्याजदर समस्या समाधान नभए आन्दोलनमा उत्रने बताएकी थिइन् ।
बिराटनगरबाट उद्योगी र व्यापारीको टोली प्रधानमन्त्रीसँग नै छलफल गर्न काठमाडौं आइपुगेको छ । महासंघले शनिबार प्रधानमन्त्री ओलीसँग नै ब्याजदरको विषयमा छलफल गर्ने भएको हो ।
अहिले बैंकमा ऋण दिने पैसा अभाव नै छ । बेसरेट घट्दापनि कर्जाको ब्याजदर घट्नुपर्नेमा बढेको छ ।