प्रधानमन्त्री रोजगार कार्यक्रमले स्वाभिमानी नागरिक तयार पार्छ : अर्थमन्त्री खतिवडा

35
Shares

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमले स्वाभिमानी नागरिक तयार पार्ने बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले संविधानको मौलिक हक कार्यान्वयनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको बताए । आजको दिन श्रम सम्मान गर्ने तथा । अनौपचारिक श्रमलाई औपचारिक गर्ने दिन भएको खतिवडाको भनाई छ ।

हामीले श्रमको ज्यालाले सम्मानजनक जीवन यापन गर्ने दिनको सुरुवात आजदेखि गरेको खतिवडाले बताए ।

‘रोजगारी यो कार्यक्रम लागु गर्ने धेरै पुरानो सपना हो, मौलिक हकलाई कार्यान्वयन गर्न खोजेको छ,’अर्थमन्त्री खतिवडाले भने ।

सम्पूर्ण श्रम बजारमा संलग्न गराउनको लागि यो एउटा विधी भएको भन्दै अर्थमन्त्री खतिवडाले स्वरोजगारको लागि जान चाहनेको लागि अर्को उपाय भएको बताए । उनले श्रमिकहरुले काम गर्न पाउनुपर्ने र नपाएमा नपाएमा राज्यले सामाजिक सुरक्षा दिनुपर्छ भन्ने कार्यक्रमको सुरुवात भएको बताए ।