लगानी गर्ने पैसाको अभाव हुँदापनि बैंकहरुको कमाइ मालामाल, नाफा ३०% ले बढ्यो (सूचिसहित)



काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावले ग्रस्त हुँदा पनि बैंकको नाफामा भने राम्रो सुधार भएको छ । २८ वटा वाणिज्य बैंकको नाफा एक वर्षको ३०.०९ प्रतिशतले बढेको छ ।

आजको दिनमा नाफाको बृद्धिदर ३० प्रतिशतले बढ्नु भनेको निकै राम्रो प्रगति हो । केही बैंकहरुको नाफा लोभलाग्दो तरिकाले बढेपनि केही बैंकको भने सन्तोषजनकरुपमा बढ्न सकेको छैन ।

चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै बैंकिङ प्रणाली तरलता अभावको समस्याले नराम्रोसँग जेलिएको छ । ऋणको माग पर्याप्त भएपनि लगानी गर्ने पैसा नभएर बैंकहरुले ऋण दिन सकिरहेका छैनन् ।

व्यवसायीहरु बैंकको चर्को ब्याजदरका कारण उद्योगधन्धाको अबस्था दिनानूदिन कमजोर भएको भन्दै आन्दोलन गरिरहेका बेला बैंकहरुले उल्लेख्य बढाएको रिपोर्ट सार्वजानिक गरेका हुन् । यसले बैंकको नाफामा थप नजर लाग्नसक्ने देखिन्छ ।

२८ बैंकमध्ये १५ बैंकले ६ महिनामै अर्ब बढी नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकल क्रमशः २ अर्ब ४० करोड ९९ लाख, २ अर्ब १७ करोड ६८ लाख, १ अर्ब ९७ करोड ५५ लाखरुपैयाँ नाफा कमाएका छन् ।

सबैभन्दा कम नाफा कमाउने बैंकको सिभिल बैंक रहेको छ । सिभिलले जम्मा ३५ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

क्र.स बैंकको नाम     नाफा (रु.०००) वितरण योग्य नाफा (रु.०००)
  ०७५ पुस ०७४ पुस ०७५ पुस ०७४ पुस
राष्ट्रिय वाणिज्य २,४०९,९६२ १,७८३,९२३ २,१७८,१८८ १,७८३,९२३
नबिल २,१७६,८६२ १,८३७,७८४ २,०४५,०४८ १,८३७,७८४
नेपाल इन्भेष्टमेन्ट १,९७५,५७२ १,८३०,४८५ १,७२६,५३१ १,८३०,४८५
एनआईसी एसिया १,५११,४५९ ५७१,७९४ १,२६०,२२५ ५७१,७९४
नेपाल बैंक १,६६१,४९८ १,६३८,४५९ १,५७६,८७५ १,६३८,४५९
एभरेष्ट १,४२९,९१५ १,२२२,८३२ १,०४१,८२४ ९७६,७२२
हिमालयन १,३६७,०४३ १,१०५,८७७ १,१६१,१७१ १,१०५,८७७
कृषि विकास १,३६४,२९५ १,०२९,१६८ १,०९३,७५४ १,०२९,१६८
ग्लोबल आईएमई १,२२९,३८६ ९७९,९२५ १,१२७,०४१ ९१५,९८०
१० स्ट्यान्डर्ड चार्टर्ड १,१४५,३४६ १,०७२,५४१ ९९८,१५१ ९५९,४९१
११ एनएमबी १,१०९,९४२ ९६२,७९० ९७४,८५५ १,००७,२५९
१२ सिद्धार्थ १,०६९,४४४ ८६९,३७७ ८७०,५०१ ७१७,४५८
१३ प्राइम १,०६०,८९७ ७९२,२५० ९३४,२६८ ७१५,१२८
१४ प्रभु १,०४१,८१५ ६०१,१०२ १,०८१,२१५ ६३४,९५३
१५ नेपाल एसबीआई १,०२२,७९० ९१३,०४१ ९०२,२१६ ९१३,०४१
१६ सानिमा ९८२,०८७ ८३०,५२६ ९४९,९८१ ८०८,३१९
१७ नेपाल बंगलादेश ७९३,३०९ ४६७,९२० ६१८,२१६ ४३८,०४९
१८ सनराइज ७९२,७५४ ५८७,५५८ ७२६,१५५ ५८७,५५८
१९ माच्छापुच्छे« ७८१,३७८ ४८६,५६९, ८०३,६६५ ४७१,८७६
२० सिटिजन्स बैंक ७७०,३४६ ६२८,६०० ६५९,६९६ ६२८,६००
२१ एनसीसी ७४१,१७५ ५३०,०१९ ६४३,९७१ २७७,४८७
२२ बैंक अफ काठमाण्डू ७३७,५४० ५५१,५७९ ६६१,३११ ५५१,५७९
२३ लक्ष्मी ७२३,७९१ ५५०,१५७ ६७२,११३ ५१९,२७०
२४ मेगा ७३२,०४५ ३९३,६४९ ५४७,०२९ ३९३,६४९
२५ सेन्चुरी ५१८,१६८ ३६६,५३१ ४४३,५०० ३२५,१०१
२६ कुमारी ६७६,२४४ ५११,४२२ ६०३,८१३ ४८०,२०६
२७ जनता ६३४,६९३ ३३३,५९८ ५३०,४१७ २७१,७३९
२८ सिभिल ३५९,७१५ २४०,१४८ २३९,८०८ २१६,९४९
जम्मा ३०,८१९,४७१ २३,६८९,६२४ २७,०७१,५३८ २२,६०७,९२५
प्रतिशत           ३०.०९             १९.७४

 


पुष्प दुलाल