सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई झोला सहयोग

क्लिकमान्डु २०७५ माघ २८ गते १३:१८ मा प्रकाशित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री पञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश माध्यामिक विद्यालयलाई २९५ थान ब्याग सहयोग गरेको छ ।

उक्त ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको छन  ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स