कंलकी महाराजगन्ज सडक निर्माणका लागि मन्त्रालयको निर्देशन फर्कदै आयोजना



काठमाडौं । कोटेश्वर— कंलकी सडक खण्ड चिनियाँ पक्षले सडक विभागलाई हस्तान्तरण गरेसँगै कलंकी महाराजगन्ज सडक कहिले बन्छ भन्ने चासो बढेको छ ।

ले निर्माण पूर्णता नपाँउदो जनचासोको विषय बनेको कंलकी –महाराजगञ्ज सडक निर्माणको विषय भने अन्यौलमा परेको छ ।

९.१ किलोमिटर दुरी रहेको उक्त सडक खण्ड अझसम्म बन्ने नबन्ने निश्चित हुन सकेको छैन । स्रोतका अनुसार चिनियाँ पक्षले निर्माणको विषयमा नेपाल सरकारसँग कुनै प्रतिवद्धता नजनाएको कारण अन्यौलेमा परेको हो ।

सरकारले भने चिनियाँ पक्षलाई निर्माण गरिदिन आग्रह गरेको छ । तर, चिनियाँ पक्षले कुनै जानकारी दिएको छैन ।

यो सँगै ९ जना कर्मचारी रहेको चक्रपथ सुधार योजना शाखा भने निर्माणको निर्देशन पर्खेर बसेको छ । सडक विभाग अन्र्तगतको विदेशी समन्वय शाखा मार्फत् निर्माणको निर्देशन आउने पर्ने भएपनि हाल सम्म कुनै निर्देशन नआएको शाखाले जनाएको छ ।

इन्जिनियर निरञ्नजन शर्माले भने,‘हामी अहिले कंलकी– कोटोश्वर सडक खण्डमा निर्माण भइरहेको आकाशे पूल र सर्भिस रोडको निरिक्षिण तथा समन्वयमा लागिरहेका छौं,कंलकी –महाराजगञ्ज विस्तार विषयमा भने कुनै निर्देशन आएको छैन।’

कंलकी –कोटेश्वर सडकखण्डमा ३ वटा आकाशे पुल बनिसकेको छन् भने ६ वटा आकाशे पुल बन्न बाँकी रहेको छ । काटेश्वर, ग्वार्को, बागडोलमा आकाशे पुल निर्माण भइसकेको छ भने वल्खु, सानेपा , एकान्तुकना , सातदोबाटो , महालक्ष्मीथान र बालकुमारीमा आकाशे पूल निर्माण हुन बाँकी छन् । उक्त ६ वटा आकाशे पूल निर्माणको लागि भने दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ ।

करिब २५ करोडमा पूर्णचण्डी ड्रामा कन्सट्रक्सन र हिराचन्द अवालय कन्सर्टक्सनलाई २०७५÷७६ असारमसान्तसम्म निर्माण गर्न सक्ने गरी जिम्मा दिएको शाखाले जनाएको छ ।


क्लिकमान्डु