चिरिबाबु महर्जनः जसले गराए सबै जनप्रतिनिधिको बीमा, भन्छन्- यसरी आयो सोच



मलाई बीमा गर्नुपर्छ भन्ने सोच २०५९ सालतिर आएको हो । ललिपुरमा रातो मच्छेन्द्रनाथको जात्रा हुन्छ । ६० टन क्षमताको रथको उचाई र लम्बाई ६० फिटको हुन्छ । त्यो रथको माथि गजुर २०० किलोको गजुर राख्नुपर्छ । त्यसमा किला ठोक्न, पेच कस्न पाईंदैन । जात्राको समयमा विभिन्न भबितप्य आइपर्ने भएर गर्नुपर्छ भन्ने सोच बनेको हो ।

तत्कालीन समयमा म ज्यापु समाजको अध्यक्ष थिएँ । २०५९ सालमा रथ तान्दा पाटनमा केही मान्छे घाइते भए । उनीहरु घाइते भएपछि त्यो कभर बीमाले गर्नुपर्छ भनेर सोच बनाए ।

त्यो समयमा बीमा कम्पनी धेरै थिएनन् । बीमा कम्पनी, बीमा संस्थान लगायत अन्य केही थिए । त्यो बेला मैले कम्प्रीहेन्सीभ पोलीसीको लागि कुरा राष्ट्रिय बीमा संस्थानसँग कुरा गरे ।

संस्थानसँग कुरा गर्न गएको सक्दिन भन्यो । पछि मैले बीमा समितिको अधिकारीसँग पनि कुरा गरेँ ।

संस्थानसँग कुरा गर्न गएको सक्दिन भन्यो । पछि मैले बीमा समितिको अधिकारीसँग पनि कुरा गरेँ । त्यो बेलामा मैले रथ बनाउने मान्छेको बीमा गर्नका लागि ५ दिन छलफल गरे । रथ बनाउँदादेखि तान्दासम्म मान्छे घाइते हुने गर्दछन् । उनीहरुले विज्ञहरु बोलाएर कुरा गरे । रथ बनाउँदादेखि तान्दासम्म मान्छे घाइते हुने गर्दछन् । त्यो समयमा रथ बनाउँदादेखि नबिगार्दासम्मको लागि बीमा गर्न सफल भए ।

त्यो बेला दुर्घटना हुँदा खुट्टा, हात भाँचियो, एक आँखा फुट्यो भने त्यसमा बीमा गर्यौं । त्यो गरेपछि धेरै राम्रो भयो । त्यो भन्दा अन्य दुर्घटनालाई कभर गर्न २०६५ सालतिर बास्केट फण्डको व्यवस्था गर्यौं । त्यसका लागि तत्कालीन नगरपालिका, गुठी संस्था, जिल्ला विकास समितिले क्रमशः १५ /१५ हजार रुपैयाँ उठायौं । यो पैसा प्रत्येक महिना राख्न थाल्यौं । अहिले १४/१५ लाख रुपैयाँ छ ।

सबै नागरिकले बीमा गर्नैपर्छ । यसले गर्दा कुनै भैपरी आउने दुर्घटनामा काम लाग्छ ।

अहिले म यहाँ मेयर भएर आएपछि हाम्रा जनप्रतिधिहरुको शारिरीक रुपमा कुनै समस्या भयो भने कसरी क्षतिलाई पूर्ति गर्ने भनेर बीमा गरेको हो । प्रीमीयम भनेको निकै थोरै रकम हो । थोरै पैसा तिरेर यस्तो व्यवस्था हुन्छ भने किन नगर्ने भनेर नगरसभाका सबै सदस्यको बीमा गरिएको हो ।

१ वडामा १ जना अध्यक्षसहित ४ जना नगर सदस्य हुन्छ । हामीकहाँ २९ वटा वडा रहेका छन् । २९ वडाको १ सय ४५ जना, कार्यपालिकाका ८ जना रहेका छन् । सबै जनाको बीमा गरेको छ । प्रतिवर्ष औसतमा १४/१५ हजार प्रिमियम तिर्ने गरेका छौं । सबै जना फरक–फरक उमेरको भएकाले औसतमा १४/१५ हजार रहेको छ । प्रत्येक वर्ष रिनुगर्नुंपर्ने हुन्छ ।

प्रतिव्यक्ति १० लाख रुपैयाँको गरेका छौं । मैले पैसा राष्ट्रिय बीमा संस्थानमा जीवन बीमा गरेको थिए । त्यो पोलिसीको समयावधि सकिएर पैसा लिसके । बीमा सामान्यतया ६५ वर्ष उमेरसम्म गर्ने भएपनि सबै जनप्रतिनिधिको गर्दा १० नम्बर वडाको जनप्रतिनिधिको जो ७८ वर्षको हुनुहुन्छ, उहाँको पनि बीमा भएको छ । सबै नागरिकले बीमा गर्नैपर्छ । यसले गर्दा कुनै भैपरी आउने दुर्घटनामा काम लाग्छ ।


पुष्प दुलाल