लगानी बोर्डले ४ खर्बको लगानी भित्राउने प्रक्रिया अगाडि बढायो



काठमाडौं । २०७३ सालमा भएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ लगानी गर्ने आशय लगानीकर्ता गरे । दुई वर्षपछि सरकारले चैतमा पुनः लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।

२०७३ सालमा केपी शर्मा ओलीको सरकारले नै लगानी सम्मेलनको घोषणा गरेको थियो । त्यसलाई प्रचण्ड सरकारले कार्यान्वयन गर्दै लगानी सम्मेलन गरेको थियो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ४ खर्ब रुपैयाँको लगानी भित्रने प्रक्रिया सुरु भएको जानकारी दिए ।

‘लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँको आशयपत्र आएकोमा ४ खर्बको लगानीको प्रक्रिया अगाडि बढेको छ, यो विषय समय क्रमसँगै टुंगो लाग्ने छ,’ बोर्डका सिइओ अधिकारीले क्लिकमाण्डूसँग भने ।

बोर्डका अनुसार जलविद्युत् क्षेत्रमा यस्तो खालको लगानीको प्रक्रिया अगाडि बढेको हो ।

‘हामीले निरन्तर लगानीकर्तासँग लगानीको प्रस्तावको बारेमा सोधिरहेका छौ, ४ खर्बको लगानी भने आउने तरिकाले अगाडि बढेको छ,’ अधिकारीले थपे ।

उनले लगानी भित्रनको लागि समय लाग्ने भन्दै प्रक्रिया अगाडि बढाउदै गएपछि लगानी भित्रने जानकारी दिए ।

६ वटा जलविद्युत् आयोजनाको १४ सय ३२ मेगावाट जलविद्युत् आयोजनामा लगानी गर्नको लागि बोर्डले लगानीकर्तासँग नियमित सम्पर्कमा रहेको छ ।


क्लिकमान्डु