काठमाडौं । बाराको निजगढमा निर्माण गर्न लागिएको निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि कतार तयार देखिएको छ ।
कतारले विमानस्थल निर्माणको लगानी आफै गर्ने र यसको लागि ३० वर्षसम्म विमानस्थलको स्वामित्व आफुमा हुनुपर्ने प्रस्ताव गरेको छ ।
यसमा पर्यटनमन्त्रालय सहमत रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको क्रममा कतारले निजगढ विमानस्थल बनाउने चासो देखाएको थियो । सो अनुसारको पत्र कतारले पर्यटनमन्त्रालयमा समेत पठाएको थियो ।
सरकारी अधिकारीहरु कतारको प्रस्तावमा सकारात्मक रहेका छन् ।
निजगढ विमानस्थल निर्माणका लागि १ खर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । एयरपोर्ट सिटी लगायतका पूर्वाधार निर्माणका लागि ४ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यदी कतारसँग सहमति भएमा पूर्वाधार क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी आउने छ । कतार सरकार मातहत रहेको दोहा अन्तराष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थलमा पर्छ ।
सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।
प्रतिक्रिया