गभर्नरले भने- पछिल्लो समय बैंकहरुमा शंकास्पद कारोबार बढ्दै गएको छ (भिडियोसहित)
काठमाडौ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले सम्पत्ती शुद्धिकरणलाई निवारण ऐनलाई अझै प्रभावकारी बनाउन बैंक र वित्तीय संस्थाहरुसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिएका छन ।
नेपाल बैंकिङ्ग इन्स्टिच्युटद्धारा आयोजित एन्टि मनि लन्ड्रिङ सम्वन्धि कार्यक्रममा बोल्दै गर्भनरले यस्तो बताए । आन्तरिक व्यवस्थापन, रेगुलेसन, अडिट रिपोर्ट र सुपर भिजनका कारण सम्पत्ति शुद्धिकरण बढेको गभर्नरले बताए ।
गभर्नर डा. नेपालले राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले गत आर्थिक बर्ष ८ हजार ८०० हाराहारी शंकास्पद कारोबारको रिपोर्ट गरेको र त्यसमध्ये ३ सय हाराहारी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिए ।
त्यसैगरी उनले प्रविधिको प्रयोगसँगै सम्पति सुद्धिकरणको जोखिम पनि बढ्दै गएको जानकारी दिए ।
‘पछिल्लो समय बैंकिङ प्रणालीबाट शंकास्पद कारोबार पनि बृद्धि हुँदै गएको छ, यो विषयको निराकरणका लागि अझै धेरै कामहरु गर्न बाँकी छ,’ डा. नेपालले भने ।
सम्पत्ति शुद्धिकरण सम्वन्धि काममा गम्भीर ढंगले काम नगर्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले कडा निगरानी गरी कार्वाहीको दायरामा ल्याउने उनको भनाई थियो ।
सम्पत्ती शुद्धिकरण बैंकिङ कारोबार र करमा मात्र नभई अन्य धेरै तरिकाबाट हुने गरेको समेत उनले सचेत गराए ।
कतिपय अवस्थाम कमजोर आन्तरिक नियन्त्रण र व्यवस्थापनका लागि सम्पत्ति शुद्धिकरणका काममा कमजोरी भएको समेत उनको तर्क छ ।