ट्रेडमार्कका लागि ७९ हजार निवेदन, ४७ हजारभन्दा बढी कम्पनीले पाए ट्रेडमार्क चिन्ह
काठमाडौं । बौद्धिक सम्पत्तिको रुपमा चिनिने ट्रेडमार्क लिनका लागि निवेदन दिने कम्पनीहरुको संख्या बाक्लो रहेको छ । उद्योग विभाग अन्र्तगतको ट्रेडमार्क शाखाका अनुसार हाल सम्म ट्रेडमार्क लिनका लागि ७९ हजार निवदेन परेका छन् ।
जसमध्ये ४७ हजार ३ सय ६८ कम्पनीले ट्रेडमार्क चिन्ह लिइ सकेको छन् ।
पहिला ट्रेडमार्क चिन्ह लिन आउने कम्पनी धेरै नहुने हुदाँ निवदेन दिएका जति सम्पूर्ण कम्पनीले ट्रेडमार्क चिन्ह प्राप्त नगरेको हुनसक्ने शाखाका निर्देशक भीमप्रसाद भटराईले बताए ।
उनले भने ‘कतिपय कम्पनीले भने ट्रेडमार्कको बारेमा नबुझेर र आवश्यक नभएर पनि टे«डमार्क लिन नआएको हुनसक्छ ।’
ट्रेडमार्क प्राप्त गरेपछि कुनै पनि उत्पादित वस्तुमा कुनै एक स्थानमा गोलाकार भित्र टि लेखिएको देख्न सकिने शाखाले जनाएको छ । यस्तै गोलाकार भित्र आर भन्ने शब्द भएमा भने त्यो रजिष्ट्रर मात्र भएको बुझिन्छ ।
बौद्धिक सम्पति मानिने टे«डमार्क चिन्ह भने कम्पनी आफैले तयार गरेर उद्योग विभागको टे«डमार्क शाखामा दर्ताका लागि निवेदन दिने गर्छन् ।
निवेदन पश्यात शाखाले ९० दिनको समयसीमा राखी एक सूचना प्रकाशित गर्छ र उक्त अवधिमा कुनै गुनासा तथा उजुरी नआएमा सम्वन्धित कम्पनीलाई ट्रेडमार्क प्रदान गर्छ । त्यसैले कुनै पनि कम्पनीले ट्रेडमार्क लिनको लागि निवेदन दिएको समय समेत गरी ६ देखि ८ महिनाको समयमा ट्रेडमार्क चिन्ह प्राप्त गर्न सक्ने निर्देशक भट्टराईले बताए ।
उनले धेरैजसो उद्योग, कलकारखाना निर्माण हुदाँ टे«डमार्क चिन्हको लागि निवदेन दिनेको संख्या बढी हुने बताँउदै यो नै समयमा टे«डमार्क चिन्ह धेरै लिन आए भने भन्न नसकिने बताए ।
ट्रेडमार्क तुलनामा डिजाइन र पेटेन्ट दर्ताको संख्या भने कम छ । हालसम्म डिजाइन दर्ताको संख्या १५९ र पेटेन्ट दर्ताको संख्या भने ७७ रहेको शाखाले जनाएको छ ।
डिजाइन भन्नाले उत्पादित सामग्रीको बनोट हो भने पेटेन्ट भन्नाले उत्पादित वस्तुको समश्रिण भनेर बुझिने निर्देशक भटराईले बताए ।
ट्रेडमार्क प्रदान गर्ने विषयमा नेपालमा कानुन भने बनिसकेको छैन । तर, टे«डमार्क चिन्ह प्रदान गर्नको लागि सरकारले ऐन अर्थात् निर्देशिका भने बनाएको छ । उसले पेटेन्ट, डिजाइन , टे«डमार्क ऐन २०२२ निर्माण गरेको छ । सोहि आधारमा रहेर कम्पनीहरुलाई ट्रेडमार्क चिन्ह प्रदान गर्छ । निर्देशक भटराईका अनुसार उक्त ऐन पेरिस सन्घि १८८३ को आधारमा रहेर निर्माण गरिएको बताए ।
टे«डमार्क प्रदान गर्ने विषय भनेको नेपालको मात्र नभएर अन्तराष्ट्रिय जगतमा एकै खालको अभ्यासबाट प्रदान गरिने उनले बताए ।
टे«डमार्क लिनेको संख्या बढ्दा जोखिम पनि रहने शाखाले जनाएको छ । लोकप्रिय भइसकेका कम्पनी र तिनका ट्रेडमार्कको नक्कल गर्ने प्रचलन बढेको शाखाले जनाएको छ । शाखामा ट्रेडमार्क विषयलाई लिएर २०७४ भदौदेखि मात्र ६८३ वटा मुद्धा दर्ता भएको जनाएको छ ।
२०७४/७५ मा मात्र ट्रेडमार्क नक्कल गरेको भन्दै ३०८ वटा मुद्धा परेको छ भने जसअन्र्तगत ६८ वटा मुद्धा फचौयट गरेको शाखाले जनाएको छ । ऐन अनुसार नक्कलको गरेको प्रमाणित भएमा १ लाख सम्म जरीवाना लगायतका प्रावधान रहेको छ ।
धेरैजसो विदेशी कम्पनीले ट्रेडमार्कको विषयमा उजुरी गरेको बताइएको छ । शाखाको अनुसार चर्चित कम्पनीहरुको ट्रेडमार्क राखी बेचबेखन गर्ने गरेको पाइएको जनाएको छ । शाखामा उजुरी आउनेमा सबैभन्दा बढी टे«डमार्कमा आउने र थोरैमात्र डिजाइन र पेटेन्टमा आउने गरेको बताइएको छ ।
टे«डमार्कले कुनै पनि कम्पनीको सामग्री कस्तो छ, जनतामा कति चर्चित छ लगायतका जानकारी दिने हुनाले उक्त ट्रेडमार्क मार्फत् नै उपभोक्ताले सामानको माग गर्ने गरेको पाईन्छ ।
नेपाली उपभोक्ताले पहिला त्यति धेरै ट्रेडमार्कको विषयमा ध्यान नदिए पनि पछिल्लो समय भने ट्रेडमार्क हेरेर उपभोक्ताले सामान प्रयोग गर्ने गरेको पाईन्छ ।