कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्गबीच सवारी कर्जा सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्ग बीच सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार सिप्रदी टकेडिङ्ग मार्फत सिफारिस भई आएका ग्राहकहरूले टाटाका विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी टकेडिङ्गको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्ष्ँर गरेका छन ।


पुष्प दुलाल