किन लगातार घट्दैछ ‘ब्लुचिप’ युनिलिभरको सेयर मूल्य ?



काठमाडौं । सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभरको सेयर मूल्य लगातार भारी अंकले घटेको छ ।

मंगलबार एकैदिन प्रतिकित्ता १७ सय रुपैयाँले घटेको मूल्य बुधबार ६ सय रुपैयाँले घटेको थियो ।

बिहीबार कारोबार शुरु भएको ४० मिनेटमै युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ८११ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार ११ बजेर ४० मिनेट जाँदा युनिलिभरको एक कित्ता सेयरको मूल्य १९ हजार ६ सय ८९ रुपैयाँमा झरेको छ ।

मंगलबार कारोबार बन्द हुँदा युनिलिभरको सेयर मूल्य २११०९ रुपैयाँमा झरेको थियो भने बुधबार २० हजार ५०० रुपैयाँमा झरेको थियो ।

सिमित व्यक्तिसँग मात्र रहेको युनिलिभरमा लगानीकर्ताको आकर्षण भनेको घटेको छ । खासगरी उसले उत्पादन गर्ने वस्तुमा रामदेवको उत्पादनले दिएको टक्करको कारण यसको बिक्रीमा असर गरेको छ ।

संचालन लागत बढ्दा प्रतिफल समेत घटेको छ । जसको कारण युनिलिभरले गतवर्षको नाफाबाट पछिल्लो ५ वर्षकै कम प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिएको थियो । त्यसअघिका वर्षहरुमा युनिलिभरले १०००/१२०० प्रतिशत लाभांश दिन्थ्यो ।


पुष्प दुलाल