सिक्लेस हाइड्रोपावरको २० करोड बराबरको आइपिओ आउँदै
काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।
सो कम्पीले कास्की जिल्लामा १३ मेगावाट क्षमताको मदक्यू खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई सेयर विक्री प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
कम्पनलिे आयोजना प्रभावितलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।
आयोजनाले २०७४ गत चैतदेखि विद्युत् उत्पादन गरिरहेको छ । सेयर बिक्रीका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।