युनिलिभरका सेयरधनीलाई अर्को झड्का



काठमाडौं । सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभर लिमिटेडको सेयर मूल्य एकैपटक भारी अंकले घटेको छ ।

मंगलबार एकैदिन प्रतिकित्ता ७.७५ प्रतिशत अर्थात् १७ सय रुपैयाँले घटेको युनिलिभरको सेयर मूल्य बुधबार साढे १२ बजेसम्म फेरि ३.९६ प्रतिशत अर्थात् ८ सय ३५ रुपैयाँले घटेको छ ।

मंगलबार कारोबार सकिएसँगै युनिलिभरको सेयर मूल्य २११०९ रुपैयाँमा झरेको थियो । बुधबार साढे १२ बजेसम्ममा १९ हजार ८ सय ६९ रुपैयाँमा झरेको छ ।

सिमित व्यक्तिसँग मात्र रहेको युनिलिभरमा लगानीकर्ताको आकर्षण भनेको घटेको छ । खासगरी उसले उत्पादन गर्ने वस्तुमा रामदेवको उत्पादनले दिएको टक्करको कारण यसको बिक्रीमा असर गरेको छ ।

संचालन लागत बढ्दा प्रतिफल समेत घटेको छ । जसको कारण युनिलिभरले गतवर्षको नाफाबाट पछिल्लो ५ वर्षकै कम प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिएको थियो । त्यसअघिका वर्षहरुमा युनिलिभरले १०००/१२०० प्रतिशत लाभांश दिन्थ्यो ।


पुष्प दुलाल