मूल्य घटेपनि तामाकोशीको सेयर किन्नेहरुकै घुइँचो



काठमाडौं । ३ दिनदेखि लगातार मूल्य घटेपनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण भने घटेको छैन । तामाकोशीको सेयर किन्न चाहनेहरुकै भीड देखिएको छ ।

मंगलबार नेप्सेमा भएको कारोबारमा तामाकोशीको सेयर बेच्नेभन्दा किन्न चाहनेहरु झन्डै १० गुणाले बढी देखिएका छन् ।

कम्पनीको वित्तीय विवरण र आगामी दिनमा पाउन सक्ने प्रतिफलको विश्लेषण गरेर भन्दा पनि ठूलो र चर्चित आयोजना हो भनेर सेयर किन्नेहरु बढी देखिएकाले यस्तो भएको जानकारहरु बताउँछन् ।

दिउँसो पौने २ बजेसम्म १ लाख ३८ हजार कित्ता सेयर किन्नका लागि लगानीकर्ताले अर्डर गरेका छन् भने जम्मा १३ हजार ७ सय कित्ता सेयर मात्रै बिक्रीमा राखिएको छ । मूल्य भने केही घटेर २५७ रुपैयाँमा झरेको छ ।

मंगलबार दिउँसो पौने २ बजेसम्म तामाकोशीको ४ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत साता नेप्सेमा सूचिकृत भएर दोस्रो बजारमा कारोबार शुरु भएको थियो । एक हप्तामै माथिल्लो तामाकोशीको प्रतिकित्ता सेयर मूल्य ३११ रुपैयाँ पुगेको थियो ।

आगामी दुई पछि मात्रै लगानीकर्तालाई लाभांस दिनसक्ने भएपनि यो कम्पनीको सेयरमा लगानीकर्ताहरुको अत्याधिक आकर्षण रह्यो ।

कम्पनीको वित्तीय विवरण र आगामी दिनमा पाउन सक्ने प्रतिफलको विश्लेषण गरेर भन्दा पनि ठूलो र चर्चित आयोजना हो भनेर सेयर किन्नेहरु बढी देखिएकाले यस्तो भएको जानकारहरु बताउँछन् ।


पुष्प दुलाल