‘सानो सोचले सानै सफलता र ठूलो सोचले ठूलै सफलता’



सानो सोेचले सानै सफलता र ठुलो सोचले ठुलै सफलता प्राप्त हुन्छ ।

यो संसारमा भोकै बस्नुपर्ने देखि अर्बपति/खर्बपतिजस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै शहर, गाउँ, टोल, कम्पनीमा पनि कुनै एक ब्यक्तिले महिनामा लाखौ कमाईरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौ-धौ परिरहेको हुन्छ ।

यसरी एउटै बातावरण, एउटै परिवेश, एउटै स्थानमा पनि मानिसहरुबीचको सफलतामा फरक आउनुको मुख्य कारण उनीहरुको सोचमा रहेको भिन्नताले गर्दा हो । ठुलो सोच्ने ब्यक्तिको सफलता पनि ठुलै हुन्छ भने सानो सोच्ने ब्यक्तिको सफलता पनि उसको सोच अनुसारको सानै हुन्छ ।

एकजना एकदमै गरिब केटा जागिरको खोजिमा शहरमा यता उता भौतारिंदै थियो । बाटोमा हिँड्दा हिँड्दै थकाई मार्न एउटा प्रतिक्षालयमा बस्यो । र, भोकाएकोले झोलाबाट टिफिन बक्स निकाल्यो । टिफिनमा भएको एउटा मात्रै रोटी भएपनि उक्त रोटी निकालेर खान थाल्यो । उसको खाने तरिका भने निक्कै गज्जबको थियो ।

अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष तथा चीनका सबैभन्दा धनी ब्यक्ति ज्याक मां ले पनि अलिबाबा ग्रुप शुरु सानोबाटै शुरु गरेका थिए ।

उसले रोटी टुक्रा पाथ्र्याे । र, टिफिनभित्र लैजान्थ्यो र रोटीसँग केही मिलाएर खाएको जस्तो गरेर खान्थ्यो जबकि उसंग रोटी बाहेक अन्य केहि कुरा थिएन । उसको क्रियाकलाप देखेर प्रतिक्षालयका अन्य ब्यक्तिहरु चकित परे । र, एकजना ब्यक्तिले त्यसो गरेर खानुको कारण सोधे ।

केटोले जवाफ दियो- सर, म यो कल्पना गर्छु कि, यो टिफिनभित्र अचार छ । र, यो रोटीसँग अचार राखेर खाँदैछु । ब्यक्तिले फेरी सोध्यो– तिमिलाई अचारको स्वाद आईरहेको छ त ? केटोले जवाफ दियो– अँ । मलाई अचारको स्वाद आईरहेको छ ।

ब्यक्तिले भन्यो– हेर भाई तिमीलाई कल्पना नै गर्नुछ भने अचार मात्र किन? स्वादिष्ट मासु, मटर पनीरसँग खाएको कल्पना गर न । कल्पना गर्नु नै छ भने किन सानो चिजको कल्पना गर्नु ? ठुलो चिजको कल्पना गर ।

माथिको गरिब केटोको कथाले अधिकांश मानिसहरुको प्रतिनिधित्व गर्छ । बिभिन्न बातावरणीय प्रभावले गर्दा पनि हामिहरु ठुलो सोच्न सक्दैनौं ।

सामाजिक मूल्य मान्यता तथा बिभिन्न बातावरणीय तत्वहरुले हामिलाई ठुलो सोच्नको लागि रोकिरहेको छ । र, यसको शुरुवात परिवारबाट पनि शुरु हुन्छ किनभने आमाबुवाले आफ्ना छोराछोरीहरुलाई अरुको छोराछोरीहरु भन्दा कमजोर ठान्छन् ।

छिमेकी तथा साथिभाईको छोराछोरीले आफ्ना छोराछोरी भन्दा बढी अंक ल्यायो भने आफ्ना छोराछोरीहरुलाई नालायक भन्ने संस्कारबाट उनीहरुको मनोवल गिराउने कार्य भईरहेको हुन्छ । छोराछोरीहरुलाई नालायकको दर्जा दिनुभन्दा उनीहरुलाई हौसला प्रदान गरी अझ राम्रो गर्न, राम्रो र ठुलो सोच्न प्रोत्साहन गर्नु जरुरी हुन्छ ।

यदि तपाईँ कुनै कम्पनीमा सानो कर्मचारीको रुपमा छिर्नुभएको छ भने त्यहाँको म्यानेजर बन्ने लक्ष्य राख्नुहोस् । यदि म्यानेजर हुनुहुन्छ भने मालिक बन्ने लक्ष्य राख्नुहोस् । तपाईं जुन क्षेत्रमा हुनुहुन्छ भने पनि त्यो क्षेत्रको माथिल्लो स्तरमा पुग्ने लक्ष्य राख्नुहोस् ।

हाम्रो सोच सेतो छाला भएको ब्यक्ति देख्नेबेत्तिकै हामिभन्दा बढी जान्ने, सुन्ने जस्तो लाग्छ । अलि अंग्रेजी बोल्ने ब्यक्तिहरु धेरै पढेलेखेका र स्मार्ट लाग्छन् र यही सोचले गर्दा पनि हामिले आफूलाई अन्यभन्दा कमजोर ठान्छौं । र, ठुलो ठुलो उपलब्धि हासिल गर्ने सोच्न सक्दैनौं ।

नेपालीमा एउटा भनाई छ- सूर्यलाई ताकेर झटारो हान्यो भने अग्लो रुख त पक्कै भेटिन्छ । ठुलो सोच अथवा लक्ष्य बनायौं भने साना तथा मझौला लक्ष्यहरु त सजिलै भेटिन्छ । तर सानो लक्ष्य बनायौं भने ठुलो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । हामीले आफूलाई अरुभन्दा कमजोर ठान्नु हुँदैन । आफूलाई पनि सक्षम ठानि आत्मबिश्वास कायम गरी ठुलो सोच्नु पर्छ ।

सन् १९६२ मा क्यानाडामा जन्मेका जिम केरी सानोमा हुँदा गरिबीको कारणले गर्दा स्कूलको फि तिर्नको लागि १५ बर्षको उमेरमा ट्वाईलेट सफा गर्ने काम गरे । जिम सानोदेखिनै एउटा राम्रो कलाकार बन्ने सपना देख्थे र अभिनय कला सिक्दै रहे । सन् १९९० मा जब जिम हलिउडमा अभिनय गर्ने लक्ष्यका साथ बिभिन्न संघर्ष गरिरहेका थिए ।

एकदिन उसले आफैले आफूलाई उत्प्रेरित गर्नको लागि आफ्नै नाममा ५ बर्ष पछाडी अर्थात सन् १९९५ को मिति राखेर १० मिलियन डलरको चेक काटे र पर्समा राखे । केरीलाई ५ बर्षपछि आफूले उत्कृष्ट कलाकारको रुपमा १० मिलियन बराबर रकम पुरस्कार पाउँछु भन्ने बिश्वास थियो । र, सोही अनुसार आफूलाई तयारी गर्दै थिए ।

संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छनः लक्ष्य त्यत्रो बनाउनु कि, जबसम्म मानिसहरु तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नु ।

त्यतिबेला जिम जस्तो गरिब परिवारको ब्यक्तिले १० मिलियन डलरको सपना देख्नु एकदमै ठुलो कुरा थियो । उ त्यतिबेला सामान्य ब्यक्ति थियो । तर, उसको सोच ठुलो थियो । १९९० मा नै उसले ५ बर्षपछि अभिनय वापत १० मिलियन डलरको चेक प्राप्त गर्नुपर्छ भन्ने लक्ष्यका साथ आफैले आफ्नै नामको काटेको चेक पर्समा राखेर हिँड्थ्यो । र, दिनदिनै त्यो चेक हेरेर उत्प्रेरित हुन्थ्यो । १९९४ सम्म जिम केरीले टिभि सिरियल तथा केहि फिल्ममा काम गरिरहे । जिमको सपना अनुसार १९९५ मा डम्ब एण्ड डम्बर भन्ने फिल्ममा मुख्य भूमिका निर्वाह गरे जुन फिल्म सुपरहिट भयो । र, उसलाई १० मिलियन डलर पारिश्रमिक प्राप्त भयो ।

जिम केरीको उदाहरणले बुझ्न सकिन्छ कि हामी जति ठुलो लक्ष्य लिन्छौ, त्यति नै ठुलो सफलता प्राप्त गर्छाै । तर, लक्ष्य लिएर मात्र हुँदैन, उक्त लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहनुपर्छ । लक्ष्य लिएपछि मेहनत र दृढताका साथ लागिपर्ने हो भने अवश्य पनि लक्ष्य प्राप्त हुन्छ । जिम केरीको आफैँले आफैँलाई उत्प्रेरणा दिलाउन दिनदिनै चेक हेर्ने र मेरो लक्ष्य यो हो भनेर आफैले आफैलाई स्वनिर्देशित गर्ने तरिका गज्जबको छ ।

मानिस सफल हुनको लागि उत्प्रेरणको आवश्यक पर्छ । र, त्यो पनि स्वउत्प्रेरणा त झनै आवश्यक पर्छ । प्रत्येक ठुला कार्यहरु प्रत्येक ठुला सफलताहरु एउटा ठुलो सपनाबाट शुरु हुन्छ, एउटा ठुलो लक्ष्यबाट हुन्छ ।

संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छनः लक्ष्य त्यत्रो बनाउनु कि, जबसम्म मानिसहरु तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नु ।

बिभिन्न सफल ब्यक्तिहरुको जिवनीलाई अध्ययन गर्ने हो भने पनि उनिहरुले आफ्नो लक्ष्य अरुलाई सुनाउँदा धेरै ब्यक्तिहरुले उनीहरुलाई उडाएका थिए । पाकिस्तानको क्रिकेट टिमबाट रिटायर्ड भएपछि इमरान खानले राजनिती पार्टी खोलेर देश परिवर्तन गर्ने लक्ष्य सुनाएका थिए, त्यतिबेला इमरान खानलाई धेरैले साथ दिएका थिएनन् ।

तर, अहिले इमरान खान बहुमत नजिकको पार्टीको हिसाबले पाकिस्तानको प्रधानमन्त्री भएका छन् । जब सर एडमण्ड हिलारीले सगरमाथा चढ्ने लक्ष्य सुनाएका थिए, धेरैको नजरमा यो आत्महत्या गर्न जानु सरह थियो ।

कसैलाई पनि थाहा थिएन कि, सगरमाथा चढ्ने बाटोमा के के छन् कस्तो छ । त्यतिबेला त्यति बिकसित नभईसकेको प्रविधि तथा कम संसाधन तथा कम सूचनाको साथमा हिलारीले सगरमाथा चढ्ने निर्णय गरे, बास्तवमा त्यो ज्यादै ठुलो लक्ष्य थियो र आखिरमा उनले तेन्जिङ नोर्गे शेर्पासँग सगरमाथाको सफल आरोहण गरी ईतिहाँस रचेरै छाडे ।

ठुलो सफलताको लागि ठुलै लक्ष्य आवश्यक पर्छ । तर, लक्ष्य ठुलो बनाउँदैमा शुरुवात नै ठुलो बाटै गर्नुपर्छ भन्ने होईन । सानोबाट शुरु गरेरै भएपनि ठुलो लक्ष्यमा पुग्न सकिन्छ । नेपालको भाटभटेनी सुपरमार्केट यसको एउटा गतिलो उदाहरण हो । सानोबाटै शुरु गरेपनि निरन्तरको बृद्धिले ठुलो लक्ष्यमा पुग्न सकिन्छ । अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष तथा चीनका सबैभन्दा धनी ब्यक्ति ज्याक मां ले पनि अलिबाबा ग्रुप शुरु सानोबाटै शुरु गरेका थिए । त्यसरी नै नेपालको टेलरिङ ब्यवसायमा सबैभन्दा स्थापित नाम श्रेष्ठ टेलरिङका बाबुकाजी शाक्यले ६०रुपैंयाबाट ब्यवसाय शुरु गरेका थिए ।

मानिस सफल हुनको लागि उत्प्रेरणको आवश्यक पर्छ । र, त्यो पनि स्वउत्प्रेरणा त झनै आवश्यक पर्छ । प्रत्येक ठुला कार्यहरु प्रत्येक ठुला सफलताहरु एउटा ठुलो सपनाबाट शुरु हुन्छ, एउटा ठुलो लक्ष्यबाट हुन्छ ।

लक्ष्य सानो र ठुलो कस्तो हुने भन्ने ब्यक्ति बिशेषमा पनि भर पर्दछ । एउटा ब्यक्तिलाई ठुलो लाग्ने लक्ष्य अर्काे ब्यक्तिलाई सानो लाग्न पनि सक्छ ।

तर, यदि तपाईँ कुनै कम्पनीमा सानो कर्मचारीको रुपमा छिर्नुभएको छ भने त्यहाँको म्यानेजर बन्ने लक्ष्य राख्नुहोस् । यदि म्यानेजर हुनुहुन्छ भने मालिक बन्ने लक्ष्य राख्नुहोस् । तपाईं जुन क्षेत्रमा हुनुहुन्छ भने पनि त्यो क्षेत्रको माथिल्लो स्तरमा पुग्ने लक्ष्य राख्नुहोस् ।

तर, लक्ष्य राख्नासाथ जे बन्ने लक्ष्य लिनुभएको छ, सोही अनुसार ब्यवहार पनि गर्न थाल्नुहोस् जस्तैः म्यानेजर बन्ने लक्ष्य राख्नुभएको छ भने आजैबाट म्यानेजर जस्तै सोच र ब्यवहार गर्नुहोस् । मालिक बन्ने सोच राख्नुभएको छ भने आजैबाट मालिकले जस्तै सोच्ने, मालिकले जस्तै कम्पनीलाई मायाँ गर्ने गर्नुहोस् ।

तपाईं जुन हैसियतमा हुनुहुन्छ निरन्तर त्योभन्दा एक कदम माथि जाने लक्ष्य राख्नुहोस् । जागिर गर्नुहुन्छ, सहायक हुनुहुन्छ भने अधिकृत हुने लक्ष्य राख्नुस्, अधिकृत हुनुहुन्छ भने म्यानेजर हुने लक्ष्य राख्नुस् । म्यानेजर हुनुहुन्छ भने कार्यकारी हुने लक्ष्य राख्नुहोस् ।

तर तपाईंको मुख्य लक्ष्य अर्थात ठुलो लक्ष्य त कार्यकारी हुने नै राख्नुहोस् । जति ठुलो लक्ष्य राखिन्छ, त्यति नै ठुलो बिश्वास कायम राख्नुपर्छ । र, त्यति नै ठुलो योजना समेत बनाउनुपर्छ । यदि यसो गरिए त्यति नै मात्राको उपलब्धि अर्थात लक्ष्य हासिल गर्न सकिन्छ । ठुलो लक्ष्य लिऔं, ठुलो उपलब्धि प्राप्त गरौं ।

(लेखकः मल्ल, ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।) 


पुष्प दुलाल