सरकारको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले भन्यो- १०० माथिका भारु नोट बोक्न पाइँदैन



काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा माथिका भारु नोट कारोबारमा प्रतिवन्ध लगाएको छ । मन्त्रिपरिषदले पुस १० गतेदेखि लागू हुनेगरी नेपालमा २००, ५००, १०० र २००० रुपैयाँका भारतीय नोट प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले सरकारको उक्त निर्णय कार्यान्वयन गर्दै आइतबार परिपत्र जारी गरेको हो ।

भारत सरकार र रिजर्भ बैंक अफ इण्डियाले ९ नोभेम्बर १०१६ चलनचल्तीमा रहेका ५०० र १०० दरका भारु नोट चलनचल्तीबाट हटाएको र २००, ५०० र २००० का नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । ती सबै नोट कुनैपनि नेपालीले साथमा राख्न, ओसारपसार गर्न वा कारोबार गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

तर, राष्ट्र बैंकले गत पुस तेस्रो साता २००, ५०० र २००० दरका नयाँ भारु नोट नेपालमा चलाउन अनुमति दिन अनुरोध गर्दै भारतीय केन्द्रीय बैंक रिजर्ब बैंक इन्डिया (आरबिाई)लाई पत्राचार गरिसकेको छ ।

नेपालमा अहिले आरबिआईले १०० रुपैयाँ दरसम्मको नोट मात्र संचालनको लागि अनुमति दिएको छ । चलनचल्तीमा २००, ५०० र १००० दरका नोट भएपनि आरबिआईले नेपालमा चलाउन अनुमति दिएको छैन ।

‘हामीले आरबीआइलाई २००, ५०० र २०० को नयाँ नोट चलाउन अनुमति दिन माग गर्दै पत्र पठाएका छौं, सरकारको आदेशमा नै हामीले आरबीहाइलाई पत्र पठाएका हौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।


पुष्प दुलाल