घरजग्गा कर ऐन सहित पाँचवटा ऐन खारेज हुने



काठमाडौं । सरकारले घरजग्गा कर ऐन २०१९ सहित पाँचवटा कानून खारेज गर्ने भएको छ ।

केही दिन अगाडि कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभामा पेश गरेको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकमा पाँचवटा कानूनलाई खारेज गर्ने प्रस्ताव गरिएको छ ।

विधेयकमा घरजग्गा कर ऐन २०१९,विदेशी लगानी कर ऐन २०१९,रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन २०१९,सवारी साधन कर ऐन २०३१ र सम्पत्ति कर ऐन २०४७ खारेज गर्ने प्रस्ताव छ ।

अहिले कायम रहेका अन्य ऐनहरुबाट ती ऐनको उद्देश्य पुरा भएको हुँदा खारेज गर्न लागिएको विधेयकमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु