सेयरधनीलाई कुन विकास बैंकको कति लाभांश ?
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बोनस सेयर तथा नगद लाभांश घोषणा गर्ने विकास बैंकहरुको संख्या हालसम्म २४ वटा पुगेका छन् ।
हालसम्म घोषणा भएकाअनुसार महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनश सेयर र ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १७.७ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
यस्ते हाम्रो विकास बैंकले २.४ प्रतिशत बोनस सेयर र ७.९१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
काबेली विकास बैंकले ३५ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने घोषणा गरेको छ । कन्काई विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेप्सेमा सूचीकरण भएका कूल ३३ मध्ये अझै ९ वटा विकास बैंकले गत आवको नाफाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव गरेका छैनन् ।
आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ज्योति विकास बैंकले केवल ८.४ प्रतिशत मात्रै नगद लाभांशको प्रस्ताव गरेको छ । सो बैंकले बोनस सेयरको भने कुने पनि घोषणा गरेको छैन ।
यस्तै गरिमा विकास बैंकले १० प्रतिशत बोसन सेयर र ३.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा मुक्तिनाथ विकास बैंकले १८. २५ प्रतिशत बोनस सेयर र ०.९६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस सेयर र ५.०३ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा एक्सेल डेभलपमेन्ट बैंकले मात्रै १७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बोनस सेयर दिने निर्णय नभएको सो विकास बैंकले जनाएको छ ।
यस्तै तिनाहुँ डेभलपमेन्ट बैंकले १२ प्रतिशत बोनस सयर र ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा मितेरी डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
कञ्चन डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोसन सेयर र ६.२९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले १ प्रतिशत बोनस सेयर र ६.४२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।
कैलाश विकास बैंकले बोनस सेयरको कुनै प्रस्ताव गरेको छैन । यस्तै सो बैंकले १७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
पूर्णिमा विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । मिशन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
यस्तै गण्डकी विकास बैंकले बोनस सेयरको कुनै प्रस्ताव गरेको छैन । उसले मात्रै १४.२ प्रतिशत नगद लाभांश दिने घोषणा गर्दा सहयोगी विकास बैंकको पनि अवस्था उस्ते रहेको छ । सो बैंकले बानस सेयर तर्फ कुनै ध्यान दिएको छैन । उसले मात्रै १७ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस सेयर र ५.४५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । लुम्बिनी विकास बैंकले १७ .३५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दा नगद लाभांश दिने तर्फ कुने चासो देखाएको छैन ।
यस्तै भार्गव विकास बैंकले मात्रै ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ओम डेभलपमेन्ट बैंकले १२.७ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै साहारा विकास बैंकले १२.३ प्रतिशत बोनस सेयर र ०.६ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएका कूल ३३ मध्ये अझै ९ वटा विकास बैंकले गत आवको नाफाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव गरेका छैनन् ।