बिदेशीले नेपालमा घुम्दा ३१ अर्ब खर्च गर्दा नेपालीले विदेश घुम्दा ४५ अर्ब खर्च गरे



काठमाडौं । विदेश घुमेर नेपालीले पाँच महिनामा ४५ अर्ब रुपैयाँ सकाएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांक अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा नेपालीले विदेश जादा सकाएको खर्च ३८.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष पाँच महिनामा विदेशमा घुम्न जादा नेपालीले २९ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेका थिए ।

विदेश घुम्न जादा समेत नेपालीबाट ठूलो रकम विदेशिएपनि राष्ट्र बैंकले यसमा कडाई गरिसकेको छ । पहिला विदेश जादा भिषा लागेपछि २५ सय अमेरिकी डलरसम्म दिने सटही सुविधालाई झारेर १५ सयमा ल्याइएको छ ।

नेपालीहरुको त्रयशक्ति बढेसँगै थाइल्याण्ड,मलेसिया,सिंगापुर,इन्डोनेशिया तथा खाडी देश घुम्न जानेको संख्या पछिल्ला वर्षका अत्याधिक बढेको छ । ट्राभल ऐजेन्सीले सो अनुसारको प्याकेज समेत बेच्ने गरेका छन् । निजी क्षेत्रका कम्पनीहरु डिलरमिट समेत विदेशमा हुने गरेको छ ।

सरकारले यसलाई कडाई गर्ने तयारी गरिसकेको छ । बीमा कम्पनीले पनि एजेन्टलाई विदेश घुमाउन प्राथमिकता राखेपछि तत्कालको लागि यो रोकिएको छ ।

नेपालीले विदेश घुम्दा गरेको खर्च ४५ अर्ब रुपैयाँ भएपनि नेपाल घुम्न आएका पर्यटकले पाँच महिनामा ३१ अर्ब रुपैयाँ खर्च गरेको देखिन्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले पर्यटन क्षेत्रमा पाँच महिनामा ३१ अर्ब रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशतले यो रकममा बृद्धि भएको छ ।


क्लिकमान्डु