चन्द्र ढकालले भने- गैरकानूनीरुपमा एक रुपैयाँ पनि विदेश लगेको छैन, भ्रम सिर्जना नगरियोस्



काठमाडौं । व्यवसायी चन्द्र ढकालले आफूले गैरकानूनीरुपमा एक रुपैयाँ पनि विदेश नलगेको बताएका छन् । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म (सीआइजे) को समाचारमा ढकालको पनि स्वीस बैंकमा खाता रहेको उल्लेख गरेको थियो ।

उक्त समाचारप्रति आफ्नो गंभीर ध्यानाकर्षण भएको ढकालले बताएका छन् ।

‘हाम्रो पनि नाम जोडिएर तयार पारिएको समाचारमा हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ढकालले भने, ‘समाचारले हाम्रो विश्वासमाथि भ्रम सिर्जना गरेको छ ।’

कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर आफूहरुमाथि भ्रम सिर्जना गरी सार्वजनिक छविमा क्षति पुर्याएकोमा ढकालले गंभीर आपत्तिसमेत प्रकट गरेका छन् ।

‘हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् । र, हाम्रो समूहले प्रवर्द्धन गरेकाकुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन्,’ ढकालले प्रष्ट पारे, ‘रहेछ भने राज्यले जफत गरोस् ।’

खोज पत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने हो । सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोजपत्रकारिताका नाममा हामी माथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं ।

नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा आफूहरुले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको र नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा (आईएमई)ले राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट रेमिट्यान्स भित्र्याउने पहिलो कम्पनी भएको ढकालले जानकारी दिए ।

‘त्यसलगत्तै बेलायत लगायतअन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७ जुन २००२ मा राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो, त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं, त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं,’ उनले प्रष्ट पारे ।

यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर नलगेको पनि उनले प्रष्ट पारे ।

‘बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं,’ उनले भने, ‘अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजर अन्दाज गर्न मिल्दैन ।’

सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबा टकरिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएको उल्लेख गर्दै ढकालले भने, ‘हामीले बैधानिक च्यानलबाट रेमिट्यान्स नभित्र्याएको भए देशको अवस्था कस्तो हुन्थ्यो होला ?’

आइएमइसबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको कम्पनी हो ।

ढकालले कार्यक्रममा राखेको भनाइ

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म  नेपालमार्फत तयार गरी सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिज्म ९आईसीआईजे०सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाइ छ । प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहि कतैबाट जोडिएको छैन् ।

हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन् ।

कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरि, हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसमा गम्भिर आपत्ति समेत प्रकट गर्दछौं ।

नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट हाम्रो स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई०ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको हो ।

अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजरअन्दाज गर्न मिल्दैन ।

त्यस लगत्तै बेलायत लगायत अन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं ।

यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको पनि होइन् । बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं । अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजरअन्दाज गर्न मिल्दैन ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएको छ । यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ । कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ । आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवल कार, डिस होम सेवासम्म विस्तार भएको छ ।

आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई० लिमिटेडमा परिवर्तन गरिएको हो ।

कम्पनी सुरुवात गरेपछि त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ । मेरो भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासिय नेपाली हुन् । उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन् ।

विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नका लागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाई हेमराज ढकाल गैरआवासीय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् । नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन् ।

कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायती हो । उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ति जनाउनु पर्ने, गैरकानुनी हुनु नपर्ने हो ।

खोजपत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने हो । त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यवसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ ।

यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोजपत्रकारिताका नाममा हामी माथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं ।


पुष्प दुलाल