उर्लियो तामाकोशी, सेयरधनीले मालामाल कमाउँदै
काठमाडौं । माथिल्लो तामाकोशीका लगानीकर्ताहरुले मालामाल कमाउँदै गएका छन् । दोस्रो बजारमा काराबार शुरु भएकै दिनदेखि तामाकोशीको सेयर मूल्य लगातार बढेको छ ।
बिहीबार दिउसो सवा १ बजेसम्ममा एक कित्ता सेयरको मूल्य ३११ रुपैयाँ पुगेको छ । जबकी बुधबार बजार बन्द हुँदा एक कित्ता सेयरको मूल्य २८३ रुपैयाँ थियो । एकैदिनमा लगानीकर्ताको मूल्य ९ प्रतिशतले बढेको छ ।
बिहीबार सवा एक बजेसम्ममा ३३ हजार कित्ता सेयर १ करोड रुपैयाँमा किनबेच भएका छन् ।
आइपिओमार्फत् प्रतिकित्ता १०० रुपैयाँमा सेयर किनेका लगानीकर्ताले यसैहप्ता २०० रुपैयाँभन्दा बढी फाइदा भएको देखिन्छ ।