अर्थमन्त्री भन्छन्ः खर्च नगरेपनि मन्त्रालयले एक खर्ब मागे, हामी दिन सक्दैनौ
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बाहिर गएर १ खर्ब रुपैयाँ विभिन्न मन्त्रालयले माग गरेको बताएका छन् ।
प्रधानमन्त्रीको उपस्थितीमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री खतिवडाले नियम विपरित मागिएको बजेट नदिने र दिन पनि नहुँने बताए ।
‘मन्त्रालय आफैले एउटा कार्यक्रमबाट रकमान्तर गरेर खर्च गर्न सक्छन्, तर,यसरी बजेट माग्नु भनेको अनुशासन विपरितको काम हो,’उनले भने ।
उनले बैठकमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २९ प्रतिशत मात्रै खर्च भएको भन्दै यसलाई बढाउन आवश्यक भएको बताए । वित्तीय प्रगती भएका आयोजनाले पनि भुक्तानी नदिएका भन्दै यसमा सम्बन्धित मन्त्रालयका सचिवले पनि हेर्नुपर्ने बताए ।