आगामी बैशाख २ गते देखि बुद्ध एयरले काठमाडौ– कोलकत्ता उडान भर्ने



काठमाडौ । अागामी बैशाख २ गते देखि बुद्ध एयरले काठमाडौ–कोलकत्ता–काठमाडौ उडान भर्ने भएको छ । उडान सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार हुने छ ।

एक सातामा हुने करिब ८०० उडान मध्ये ६ उडान कोलकत्ताका लागि हुने कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरको यो योजना सफल भएको खण्डमा २०७७ साल भदौदेखि दक्षिण एसियाका विभिन्न महानगरहरुमा समेत जेट विमानबाट उडान भर्ने लक्ष्य लिएको बुद्ध एयरद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बुद्ध एयरले किन शुरु गर्यो यो योजना ? र आगामी योजना के छन त ? हेर्नुहोस बुद्ध एयरको विज्ञप्तिमा ः


पुष्प दुलाल