लिवर्टी इनर्जीले बनाएको दोर्दी ‘ए’को ८५ प्रतिशत काम पुरा, दुईवटा जलविद्युत् आयोजना पीपीएको पर्खाइमा
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको को नवांै वार्षिक साधारण सभा सम्पन्न भयो ।
उक्त साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुश कुमार जोशीको सभापतित्वमा कम्पनीका प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती को समुस्थितिमा पेश गरिएका सम्पूर्ण प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ ।
हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु अघि बढाएको छ । उक्त आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ र आयोजना प्रभावित स्थानीय तथा सर्व–साधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएल एस क्यापिटल लि. सँग सम्झौता भई सकेको छ ।
उक्त आयोजनाको हालसम्म करिब ८५ प्रतिशत काम सम्पन्न भएको छ । २०७६ भदौ महिनामा विद्युत् उत्पादन हुने जानकारी साधारणसभामा कम्पनीले दिएको छ ।
साथै कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त बागलुङ जिल्ला स्थित बडीगाड खोलामा २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्ला स्थित लोदोखोलाबाट १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईई रिपोर्ट बनाउने र पीपीएको चरणमा रहेको छ ।