सीईओ अन्प्लग् २०१९ ः सिक्न, नेटवर्क र उद्यमी विचार साझेदारको लागि एक मौका



काठमाडौँ । देशको सबैभन्दा प्रभावशाली सीईओहरुद्वारा मानसिकता विकाशलाई प्रेरीेत गर्न ग्लोकल प्रा.लि र किंग्स कलेजको सहकार्यमा आयोजना गरिएको ‘सीईओ अन्प्लग् २०१९’ को चौथो संस्करण सफलतापूर्वक समाप्त भएको छ ।

टुडे मिट्स टुमरो मुख्य विषयमा रही आयोजना गरिएको कार्यक्रममा देशक १५ प्रतिष्ठित उद्यमीहरू उपस्थित भएका थिए । यस वर्ष १०० भन्दा बढि इच्हुक सहभागीहरुले यस कार्यक्रममा सिक्न, नेटवर्क कायम गर्न र देशका प्रमुख उद्यमीहरुको साथ आफ्नो विचार साटासाट गर्न सहभागी भएका थिए ।

सो कार्यक्रममा मुख्य बक्ताको रुपमा सुरज बैद्यले आफ्नो धारणा प्रस्तुत गरेका थिए । आफ्नो जीवनको सिकाई र अनुभवबाट सिकेका अनुभूतिहरु उनले यस कार्यक्रममा बताए । जीवनमा सिक्ने प्रक्रिया कहिल्यै अन्त्य हुँदैन, जीवन साईकलका ती पांग्र जस्तै हुन, जुन क्षण तपाई रोकिनुहुन्छ, त्यहि क्षण सोच्नुस् हजुर लड्नु भयो, व्यवसाय पनि त्यस्तै हुन्छ । त्यसैले सिक्ने, नव रचना र नयाँ जोखिमहरू लिन कहिल्यै नछाडनुस् ।

त्यसतै गरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले पनि आफ्नो विचारहरु प्रस्तुत गरेका थिए । नेपाल सम्भावनाले भरिपुर्ण देश हो, तर हामीले समस्यामात्र देख्ने गरेका छौ। त्यसैले म हाम्रो देशका युवाशक्तिलाइ समस्याका साथसाथै सम्भावना पनि हेर्न अनुरोध गर्दछु । आफुमा परिवर्तन ल्याउनुहोस, इतिहासबाट सिक्नुहोस, बर्तमानमा खट्नु होस । यसरी नै आजले भोलिलाई पच्छ्याउने छ । पर्यटनमा युवाको योगदानका बारेमा बोल्दै उनले थपे “आन्तरिक पर्यटन बिना पर्यटन क्षेत्रको बिकास सम्भव छैन । त्यसैले युवा भएर सहरी क्षेत्रमा केन्द्रित नहुनु,आफ्नो देशको भूभाग नियाल्नुस् ।

तीन अलग–अलग प्यानलमा दर्शकहरुमाँझ अन्तरक्रिया भएको थियो ।


पुष्प दुलाल