लक्ष्मी बैंकले ८.५ % बोनस सेयर र ०.४५ % नगद लाभांश दिने



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । यस्तै बैंकले बोनस सेयरमा लाग्ने लाभकरको लागि ०.४५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साढे ८ प्रतिशत बोनस सेयर दिएपछि लक्ष्मी बैंकको चुक्ता पुँजी ८ अर्ब ९१ करोड रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु