एनआइसी एशिया बैंकले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र
काठमाडौं । एनआइसी एसिया बैंकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । वस्तु तथा सेवाको गुणस्तर, चुस्त व्यवस्थापन तथा संस्थागत सुशासनमा राम्रो भएबापत आईएसओ ९००१ː २०१५’ प्रमाणपत्र पाएको बैंकले जनाएको छ ।
एनआइसीलाई बेलायतमा रहेको संस्था ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम’ले आइएसओ प्रमाणपत्र दिएको हो ।
बैंकको सबल व्यवस्थापन, उपभोक्ता सन्तुष्टि, संस्थागत सुशासन तथा प्रणालीगत व्यवस्थापकिय क्षमतालाई पनि आइएसओ प्रमाणपत्रका लागि आधार बनाइएको एनआइसीले जनाएको छ ।
शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकारलगायतमा पनि अग्रणी बैंक बन्न सफल भएको एनआइसीले जानकारी गराएको छ ।
हाल बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउन्टर, ३७ वटा एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत भण्डै १४ लाख ग्राहकहरूलाई सेवा दिइरहेको बैंकले उल्लेख गरेको छ ।