नेप्से परिसूचक ६.६७ अंकले बढ्यो, नेपाल बैंकको ८ करोडको सेयर खरिदबिक्री



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.६७ अंकले बढेको छ ।
साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको हो ।

नेप्से परिसूचक ११७७.४६ बिन्दुमा पुगेको छ । १४८ कम्पनीको सेयर खरिदबिक्री भएको नेप्सेमा ३० करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका समुहगत परिसूचकको आधारमा उत्पादन र अन्य बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ । नेपाल बैंकको ८ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १ करोड ६१ लाखको कारोबार भएको छ ।


क्लिकमान्डु