हिउँ खेल्न चन्द्रागिरि



काठमाडौं । पर्यटकीय गन्तव्य चन्द्रागिरिमा हिउँ परेको छ । सोमबार बिहान एक फिट बाक्लो हिउँ परेको चन्द्रागिरि हिल्सका प्रबन्धक अभिषेक गिरिले जानकारी दिए ।

‘पोहोरसाल निकै पातलो हिउँ परेको थियो, यो साल भने एक फिट बाक्लो हिउँ परेको छ,’ गिरिले क्लिकमाण्डूसँग भने, ‘अहिले हिउँ खेल्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।’

चन्द्रागिरि केवलकारका लगानीकर्ता व्यवसायी चन्द्र ढकालले सोमबार बिहान चन्द्रागिरि पुगेर हिउँ खेलेका छन् ।

‘सामान्य दिनमा १२÷१५ सय जनाले चन्द्रागिरि केवलकार चढ्थे, आज इन्क्वारी बढी आएको छ,’ गिरिले भने, ‘आज २५ सय देखि ३ हजार जनाले चन्द्रागिरि अवलोकन गर्ने हाम्रो अनुमान छ ।’


पुष्प दुलाल