सरकार गठन भएको नौ महिनासम्म समृद्धिको अनुभुति भएनः महासंघ पूर्व अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताएका छन  ।

रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विशिष्ट सदस्य ढकालले सो कुरा बताएका हुन । मुलुक कम्तिमा २० बर्ष अन्यौलको वातावरणमा रह“दा पनि व्यवसायीहरूले कहिल्यै हौसला नगुमाएर मुलुकलाई गतिशिल बनाउन लागिपरेको स्मरण गर्दै पूर्व अध्यक्ष ढकालले अन्यौल र अस्थिरतामा पनि व्यवसायीहरू हतोत्साहित नभएको स्पष्ट पार्नुभयो ।
गुजारामुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरी निर्यातमुखि अर्थतन्त्रको विकास भएमात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष हासिल हुने उनको धारण छ । ‘लगानीमैत्री वातावरण सरकारले बनाइदिनुप¥यो, त्यसमा हातेमालो गर्न हामी सम्पूर्ण व्यवसायीहरू तयार छौं’—उनले भने, सरकारले व्यवसायीहरूलाई हतोत्साहित होइन, उर्जाशिल बनाउन आवश्यक छ ।

साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दुई तिहाई वहुमतको सरकारबाट व्यवसायीहरूले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउंदै समृद्धिको न्यानो ताप अझै नपाएको बताए । ‘अझै पनि आशावादी छौं, हतोत्साहि भएका छैनौं, तर राज्यले देखिने खालका अर्थपूर्ण आर्थिक समृद्धिको अभियान चालोस भन्ने शुभ–कामना दिन चाहान्छौं’—प्रधानले भन्नुभयो । साथै उहा“ले समृद्धिको यो अभियानमा दाङका पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका धार्मिक धरोहरहरूले आशिर्वाद प्रदान गरून भन्ने कामना पनि गरे ।

महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दाङमा एग्रो इन्डष्ट्रिजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै, त्यसको वातावरण बनाइदिन स्थानिय सरकारलाई आग्रह गरेका छन । ‘यहा“ कृषिजन्य उद्योगको भरपुर सम्भावना छ, यद्धपि खुर्सानिदेखि बेसारसम्म पनि उल्लेख्य रूपमा आयात भैरहेको देखिन्छ, यसलाई कृषिजन्य उद्योगले समन्वय गर्न सक्छ’—उपाध्यक्ष ढकालले भने । त्यसैगरी यहा“का नदिनाला र प्राकृतिक स्रोतबाट पनि आयआर्जन गर्न सकिने प्रसस्त संभावना रहेको पनि उनले प्रष्ट पारे ।


पुष्प दुलाल