प्रभु बैंकले ५ प्रतिशत बोनस सेयर ५.२६ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

करिब १० वर्षपछि प्रभुका सेयरधनीले लाभांश पाएका हुन् । तत्कालिन किष्ट बैंकको वित्तीय अवस्था खराब भएपछि तत्कालिन प्रभु विकास बैंकले यसलाई मर्ज गरेको थियो ।

अर्को वित्तीय अवस्था खराब भएको ग्राण्डलाई प्रभुले गाभेको थियो । वित्तीय अवस्थामा सुधार ल्याएपछि प्रभुले लाभांश दिन सफल भएको हो ।

५ प्रतिशत बोनस सेयर दिएपछि प्रभुको चुक्ता पुँजी ८ अर्ब ६४ करोड पुग्ने छ ।


क्लिकमान्डु