केएल टावरको दशैंतिहार उपहार योजनाका विजेताले पाए मोटरसाइकल, स्कुटर र बैंकक ट्रिप



काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजया दशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटरपाएका छन भने पदम कार्कीले टिभिएसकै विगो स्कुटर जितेका छन् । यसैगरी संगिता भुजेलले बैंकको ट्रिपको उपहार प्राप्त गरेका छन् ।

रमाईलो दशैं तिहार योजना अन्तर्गत कम्पनीले मेला अवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायत छन् भने साप्ताहिक रूपमामलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।

गत असोज १९ गतेदेखि सुरु भएको रमाईलो दशैं तिहार योजना कात्तिक ३० गतेसम्म संचालन भएको थियो । राजधानीको चाबहिलस्थित केएल टावरमा ५० बढी पसलहरू छन् ।

मोबाइलहब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।


पुष्प दुलाल