एक पटकमा १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिणत गर्न पाइने



काठमाडौं । एक पटकमा १० प्रतिशत संस्थापक सेयरलाई मात्र साधारण सेयरधनीमा परिणत गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि न्यूनतम ५१ प्रतिशत संस्थापक सेयर हुने गरेर संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने व्यवस्था गरेको थियो ।

यसअघि एकैपटक ५१ प्रतिशत संस्थापकको स्वामित्व नघट्ने गरेर संस्थापकलाई साधारणमा परिणत गर्न पाउने व्यवस्था भएपनि अब भने एक पटकमा १० प्रतिशतमात्र संस्थापक सेयरलाई साधारणमा परिणत गर्न पाउने व्यवस्था लागु गरेको हो । यसरी दुईपटकसम्म संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने सुविधा राष्ट्र बैंकले दिएको छ ।

अहिले केही बैंक तथा वित्तीय संस्थामा रहेको संस्थापक सेयरधनीलाई साधारणमा परिणत गर्ने तयारीमा छन् । सेयर बजार घट्दो क्रममा रहेको र संस्थापक सेयरधनी साधारणमा परिणत हुँदा एकैपटक बजारमा असर पर्ने थियो । खासगरी संस्थापकमा परिणत गर्न चाहेका बैंक तथा वित्तीय संस्थामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर थियो ।

एकैपटक १९ प्रतिशत संस्थापक सेयर साधारणमा परिणत हुँदा यसको असर सेयर बजारमा पर्ने थियो । राष्ट्र बैंकले १० प्रतिशत संस्थापक सेयरलाई मात्र साधारणमा परिणत गर्न पाउने व्यवस्था लागु गरेको हो ।


क्लिकमान्डु