गाडीको लाइसेन्स लिन ड्राइभिङ संस्थाको प्रमाणपत्र नचाइने



काठमाडौं । गाडीको लाइसेन्स लिने विचार गर्नु भएको छ ? यसको लागि ड्राइभिङ सिकाउने संस्थाको प्रमाणपत्र अब नचाइने भएको छ ।

सरकारले प्रतिनिधिसभामा केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संसोधन गर्दै सवारी चालकको अनुमति पत्र लिनको लागि ड्राइभिङ स्कूलको प्रमाणपत्रलाई नचाइने व्यवस्था गरेको हो ।

ऐनमा संसोधन गर्दै सरकारले प्रतिनिधिसभामा पठाएको विधेयकमा सवारी चालक अनुमतिपत्र लिन चाहने व्यक्तिले सवारी चलाउने प्रशिक्षण प्राप्त गरेको प्रमाणपत्र पेश गर्न नपर्ने व्यवस्था गरिएको छ ।

अहिले सवारी चालकको अनुमति पत्र लिनको लागि ड्राइभिङ स्कूलको प्रमाणपत्र चाहिने व्यवस्था थियो ।

सो प्रमाणपत्र पेश गरेपछि मात्र सवारी चालक अनुमति पत्रको लागि लिखित परिक्षा र ट्रायल लिनुपर्ने व्यवस्था थियो । अब सिधै लिखित र ट्रायल पास गरेपछि हुने छ ।


क्लिकमान्डु