नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको पुल तोडफोड



बलेवा । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ ।

जैमिनी नगरपालिका–७ जैदीस्थित खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गरेका थिए । क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटाएको अवस्थामा भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिएकी छन । तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

कोरिडोर सेनाले निर्माण गरिरहेको छ । बिना कारण भौतिक संरचनामा तोडफोड भएको भन्दै उपप्रमुख लीला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताइन । “हामीले प्रहरीलाई खबर गरेका छौँ” रानाले भनिन, “तत्काल दोषी पत्ता लगाएर कारवाही गरिनुपर्छ” शिलालेख र त्यसको आसपासमा सिमेण्टले बनाइको पुलको केही भाग फुटेको छ ।


पुष्प दुलाल