पाल्पामा घरेलु उद्योग फस्टाउँदै



पाल्पा । पाल्पा जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगहरुको सङख्या बढदै गएको छ । विशेष गरी पाल्पा जिल्लाका विभिन्न भागमा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग रहेका छन ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेका अनुसार हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१ र सेवामूलकतर्फ ९१८ उद्योग दर्ता भई सञ्चालनमा आएका छन । आर्थिक वर्ष ०७५÷७६ को साउनबाट मङ्सिर मसान्तसम्म उत्पादनमूलक १७, कृषि तथा वन्यजन्तुमूलक २६, पर्यटनमूलक ६७ र सेवामूलक ५४ वटा नयाँ उद्योग थपिएको समेत सूचना अधिकारी घिमिरेले बताए ।

पहिला उद्योग दर्ता भएपनि प्रायजसो पुरुषका नाममा दर्ता हुने गरेकोमाा अहिले महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढदै गएको छ । गत वर्ष ६७ वटा घरेलु उद्योग महिलाको नाममा दर्ता भएका थिए । यसरी घरेलु उद्योग सञ्चालन गरेपछि रोजीरोटीका लागि धेरै सहज हुँदै गएको छ भने परनिर्भरतामा समेत कमि आएको छ ।

जिल्लामा उद्योग दर्ता तथा नवीकरणबाट गत वर्ष नौ लाख ४१ हजार ३१५ रुपैँया राजश्व सङ्कलन भएको छ । जिल्लामा न्यूनतम एक लाखदेखि एक करोड ५० लाखसम्मका मात्र उद्योग दर्ता भई सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले बताए ।


पुष्प दुलाल