सेवा दिन घोराही र धनगढीमा पनि गरिमा विकास बैंकका शाखा



काठमाडौ । गरिमा विकास बैंकका नयाँ शाखा दाङको घोराही र कैलालीको धनगढीमा खुलेका छन । दुई नयाँ शाखाको आज औपचारिक उदघाटन सम्पन्न भएको हो ।

घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरेका छन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना बनाएका बैंकका प्रमुख कार्यकारी अधिकृत गाविन्द प्रसाद ढकालले जानकारी दिए ।


पुष्प दुलाल