आईएमएसले ल्यायो बजारमा क्रेनका उत्पादनहरु



काठमाडौं । विश्वकै नम्बर १ ब्राण्ड हुमिडिफर ब्राण्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रोता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।

यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु एअर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो ।

क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।

यसै सन्दर्भमा आएमएस ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्राले भने,‘हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन।’


क्लिकमान्डु