गोर्खा इको प्यानलबाट धादिङ सिद्धलेक गाउँंपालिका भबन निर्माण



काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमै पहिलो पटक उत्पादित भूकम्पप्रतिरोधी गोर्खा इको प्यानलबाट निर्मित गाउँंपालिका भबनको एक समारोहबीच उदघाटन गरेका छन् ।

इटाको विकल्प वाल (गारो) को रुपमा स्थायी वा अस्थायी संरचनामा प्रयोग हुने इको प्यानलबाट धादिङको सिद्धलेक गाउँंपालिका भबनको निर्माण सम्पन्न भएको हो ।

भबन निर्माण उदघाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकास र समृद्धिका लागि कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए । कृषिप्रधान देश नेपालमा वार्षिक ३३ करोडको कोदो, फापर आयात भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले यसरी कसरी कृषिप्रधान भन्ने कुरा सही हुनसक्छ भनी प्रश्न गरे ।

गाउँंगाउँंमा सिंहदरवार पुगेको चर्चा गर्दे उनले पहिलाको गाउँं विकास समिति र अहिलेको गाउँंपालिकाको फरकबारे स्पष्ट पारे । पहिलाको गाउँंपालिका स्थानीय विकास मन्त्रालयको एउटा मात्रै हाँंगा भएको तर अहिलेको गाउँंपालिका आफनो लागि आफै शाशन गर्ने, नियम कानून बनाउने स्वायत सरकार रहेको बताए । साथसाथै उहाँंले मुख्य सडकबाट गाउँंपालिका भबनसम्म पुग्ने सडकको कालोपत्रेका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद खेमप्रसाद लोहनीले इतिहास कोट्याउँंदै कुनैबेला अनकन्तार गाउँंको रुपमा रहेको यो ठाउँंमा यस्तो पक्की गाउँंपालिका भबन निर्माण सम्पन्न हुनुले एक जुगमा एक पटक एक फेर आउँंछ भन्ने गीतमा जस्तै परिवर्तन आएको भन्दै खुशी व्यक्त गरे । मुलुकभरका सात सय ६१ स्थानीय निकायमध्ये सिद्धलेक गाउँंपालिका उदाहरणीय देखिएको उनले बताए ।

सिद्धलेक गाउँंपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र निर्माणका लागि इको प्यानल उपयोगी भएकोले प्यानलको प्रयोगबाट गाउँंपालिका भबन बनाइएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले छोटो समयमा गुणस्तरीय काम गरी सम्पन्न गरेकाले गोर्खा इको प्यानल जगाती भक्तपुरले गरेको योगदानको उच्च प्रशंशा गर्दै प्रशंशापत्र प्रदान गरिएको थियो । साथै स्थानीय समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।

नवनिर्मित गाउँंपालिका भबन दुईतल्ले छ । गाउँंपालिका भबन एक रोपनी आठ आना क्षेत्रफलमा निर्माण सम्पन्न भएको जनाइएको छ । । भबन अपांगमैत्री बनाइएको छ । साथै सोलार प्यानल जडित छ । भबन १६ कोठे सुविधा सम्पन्न छ ।

यसअघि इको प्यानलकै प्रयोगबाट सिद्धलेक गाउँंपालिकाको वडा नं १, ४ र ७ को वडा कार्यालय भबनपनि निर्माण सम्पन्न गरिएको थियो । त्यहीबाट प्रभावित भई गाउँपालिकाका भबनपनि बनाएको जनाइएको छ ।


क्लिकमान्डु