पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले १२ बजेदेखि लागु हुने गरेर पेट्रोल,डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँले घटाएको हो ।

मूल्य घटाएपछि पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ हुनेछ भने डिजेल र मट्टितेलको मूल्य ९७ हुने छ । नेपाल आयल निगमले भारतीय आयल निगमले पठाएको मूल्य सूचि अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।


क्लिकमान्डु