म्याद नाघेका १ लाख मूल्यका सामाग्री नष्ट, जरिवाना बापत २ लाख संकलन



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंसिर महिनामा १ लाख ११ हजार २ सय ३२ रुपैयाँ बराबरका सामाग्री नष्ट गरेको छ ।

उपत्यका भित्रका किराना पसल, मार्ट लगायतका ठाउँमा अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य पदार्थ तथा अन्य सामाग्रीहरु नष्ट गरेको विभागले जानकारी दिएको छ ।

साथै विभागले चालु आर्थिक वर्षको मंसिर महिनामा जरिवाना बापत २ लाख रुपैयाँ संकलन गरेको छ ।

विभागले अनुगमनका क्रममा कर चुक्ता नभएको तथा खरिद विक्री विल देखाउन नसकेका तथा ट्याग भएका सामाग्रीहरु नराखेका केही कम्पनीहरुलाई जरिवाना सहित कारबाहीको दायरामा ल्याएको हो ।

नियमनका क्रममा १९ वटालाई तत्काल जरिवाना गरिएको विभागले जानकारी दिएको छ । विभागले अनुगमन गरेका ३ सय ३ स्थान मध्ये १ सय ४२ वटामा कैफियत भेटिएको जनाएको छ ।


क्लिकमान्डु