मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने, ल्यापटप, क्यामेरा तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा



काठमाण्डौ । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखीय सहभागिता बढेपछि मेला अवधि पुष १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जनाएको छ ।

उक्त मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन् ।

मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’ उनले भने ।

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।


क्लिकमान्डु