३०० रुपैयाँले घट्यो सुनको मूल्य, ५९ हजार ५०० मा कारोबार



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ ।

महासङ्घका अनुसार तेजावी सुन रु ४०० ले घटेर आज प्रतितोला ५९ हजार २०० मा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला ७३० मा कारोवार भएको चाँदी आज पाँचले बढी ७३५ मा कारोवार भएको छ ।

महासङ्घले आज १० ग्राम सुनको मूल्य ५१ हजार १० कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको मूल्य भने ६३० तोकिएको छ ।


क्लिकमान्डु